२०८२ चैत्र ६ गते शुक्रबार

नेपाल अडिटर्स एशोसिएसन पर्साद्वारा तीनदिने CPE तालिमको उद्घाटन

 

नेपाल अडिटर्स एशोसिएसन (अडान) पर्साको आयोजनामा मिति २०८२ माघ १५, १६ र १७ गतेसम्म वीरगञ्जस्थित होटल भिस्वामा सञ्चालन हुने अनवरत अभ्यास शिक्षा (CPE) तालिमको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गर्नुभएको छ।

उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा अडान केन्द्रीय सदस्य दिनानाथ रौनियार, डा. सन्तोष कुमार साह तथा कार्यक्रमका स्रोत व्यक्ति चार्टर्ड एकाउन्टेन्ट (CA) उमेश भट्टराईको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिहरूमा अडान केन्द्रीय विशेषज्ञ समितिका सदस्य मनोज कुमार श्रीवास्तव, केन्द्रीय अनुशासन समितिका सदस्य प्रद्युम्न प्रसाद सेढाई तथा अडान मधेश प्रदेशका उपाध्यक्ष हृदयमोहनलाल दास सहभागी रहनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूलाई अडान पर्साका पदाधिकारी तथा सदस्यहरूले गम्छा ओढाएर सम्मान गरेका थिए। तालिम कार्यक्रममा ८० जना चार्टर्ड एकाउन्टेन्ट तथा लेखापरीक्षकहरूको सहभागिता रहेको छ।

कार्यक्रममा अडान पर्साका उपाध्यक्ष प्रेमचन्द चौरसियाले अतिथि तथा सहभागीहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै सोही अवसरमा अडान केन्द्रीय अध्यक्ष बद्री प्रसाद भट्टराई तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष डोल प्रसाद दाहाललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।
कार्यक्रम अडान पर्साका अध्यक्ष गजेन्द्र मान सिंहको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रम सञ्चालन अडान पर्साका सचिव कुलोत्तम पोखरेलले गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM