२०८२ फाल्गुन २१ गते बिहीबार

पर्सा–३ मा एमालेका युवा उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर, परिवर्तन निश्चित हुने संकेत

 

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा जनसमर्थन तीव्र बन्दै गएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिताले पर्सा–३ मा परिवर्तन निश्चित भएको संकेत दिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय कमिटी उपमहासचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले पर्सा–३ मा परिवर्तन अवश्यंभावी रहेको दाबी गर्दै युवा उम्मेदवार रूपेश कुमार पाण्डेको जित सुनिश्चित हुने बताए। उनले विकास, सुशासन र रोजगारी सिर्जनामा एमाले स्पष्ट भिजनका साथ अघि बढेको उल्लेख गर्दै मधेसको समग्र विकासमा एमालेको नेतृत्व अपरिहार्य रहेको धारणा राखे।

युवा उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासलाई केन्द्रमा राख्दै आफ्नो भिजन प्रस्तुत गरे। उनले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र युवाको रोजगारीलाई प्राथमिकतामा राखेर पर्सा–३ लाई समृद्ध र आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्दै भने, “अब नाराभन्दा कामको राजनीति आवश्यक छ।”

नेकपा एमाले पटेर्वा सुगौली गाउँपालिका कमिटी अध्यक्ष पुरण यादवको अध्यक्षता तथा योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य बिजय सरावगी, केन्द्रीय सल्लाहकार परिषद सदस्य अरबिन्द सिंह, मधेस प्रदेश कमिटी उपाध्यक्ष बिचारी यादव, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दाशलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले देशको राष्ट्रियता, स्थिरता र समृद्धिका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पर्सा–३ बाट ऊर्जावान र विकासप्रेमी उम्मेदवार रूपेश कुमार पाण्डेलाई विजयी गराउन आह्वान गरे। पटेर्वा सुगौलीमा देखिएको उत्साह र बढ्दो जनसहभागिताले पर्सा–३ मा राजनीतिक परिवर्तनको स्पष्ट संकेत दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM