२०८२ फाल्गुन २३ गते शनिबार

पर्सा–३ मा रूपेश कुमार पाण्डेको पक्षमा बढ्दो माहोल, घरदैलो अभियानले पायो व्यापक समर्थन

 

पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधि सभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) का उम्मेदवार पाण्डेको घरदैलो, जनदर्शन तथा मतदाता भेटघाट कार्यक्रमले व्यापक जनसमर्थन जुटाइरहेको छ।

स्थानीयस्तरमा देखिएको उत्साह र सक्रियताले यसपटक पर्सा–३ मा परिवर्तनको संकेत दिएको छ।“गयो दिन भाषणको, अब परिणाम चाहियो” भन्ने जनआवाजलाई आत्मसात गर्दै उम्मेदवार पाण्डे विकास, सुशासन र जवाफदेहिताको स्पष्ट एजेन्डासहित मतदातामाझ पुगेका छन्। घरदैलो कार्यक्रममार्फत आम नागरिकले अब खोक्रा आश्वासन होइन, काम गर्ने नेतृत्व खोजिरहेको सन्देश प्रष्ट रूपमा देखिएको छ। युवापुस्ताको भरोसा र अग्रजहरूको आशीर्वादले पाण्डेको उम्मेदवारी थप मजबुत बन्दै गएको छ।

पकहाँमैनपुर गाउँपालिकामा सम्पन्न घरदैलो तथा जनता दर्शन कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता देखियो। कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, सल्लाहकार परिषद् सदस्य शिव पटेल, संविधानसभा सदस्य प्रधुमन चौहान, अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश निषाद, उपाध्यक्ष तथा युवा नेता अकलेश कुमार साह, विजय चौरसिया लगायतका नेता तथा कार्यकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो।

नेतृत्व तहका प्रभावशाली व्यक्तिहरूको सहभागिताले पाण्डेको अभियानलाई थप ऊर्जा मिलेको छ भने स्थानीय तहमा संगठनात्मक एकता र कार्यकर्ताको सक्रियताले विपक्षी खेमामा समेत हलचल पैदा गरेको चर्चा छ।कार्यक्रमका क्रममा स्थानीयहरूले क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणमा ठोस पहल गर्नुपर्ने माग राख्दै पाण्डेप्रति विश्वास व्यक्त गरेका थिए।

युवा ऊर्जा, स्पष्ट दृष्टिकोण र केन्द्रीय नेतृत्वको साथले रूपेश कुमार पाण्डे पर्सा–३ मा बलियो दाबेदारका रूपमा स्थापित हुँदै गएका छन्। चुनावी मैदानमा एजेन्डा बनाम आरोप–प्रत्यारोपको प्रतिस्पर्धा देखिँदै गर्दा मतदाता भने परिणाममुखी नेतृत्वको पक्षमा उभिने संकेत देखिएको छ।

फागुन २१ गते सूर्य चिन्हमा मतदान गरी पर्सा–३ मा नयाँ अध्याय सुरु गर्ने तयारीमा जनता जुटेको सन्देश पकहाँमैनपुरबाट स्पष्ट सुनिएको छ। वर्तमान माहोलले पर्सा–३ मा परिवर्तनको चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM