२०८२ फाल्गुन १९ गते मंगलवार

नेशनल प्याब्सन बिरगंजका नगर अध्यक्ष जियालाल गुप्ताको प्रमुख आतिथ्यमा फेम इन्स्टिच्युटद्वारा SEE orientation Program सम्पन्न

 

फेम इन्स्टिच्युट फर मेडिकल Entrance द्वारा आयोजित Medical Entrance & Bridge Course अन्तर्गतको SEE Orientation Program भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेशनल प्याब्सन वीरगञ्ज नगर अध्यक्ष जियालाल गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रम संस्थाका निर्देशक अमरेश यादवको सभापतित्वमा सम्पन्न भएको हो।
प्रशिक्षण सत्रमा प्रदीप साह, श्याम सर, समसुदिन सर तथा साकिल सरले SEE पश्चात् मेडिकल शिक्षा, प्रवेश परीक्षा तयारी, अध्ययन रणनीति तथा करिअर मार्गदर्शनसम्बन्धी उपयोगी जानकारी प्रदान गर्नुभएको थियो।

प्रमुख अतिथि गुप्ताले SEE पछि विद्यार्थीहरूले आफ्नो लक्ष्य स्पष्ट गरी अनुशासन, निरन्तर अभ्यास तथा सही मार्गदर्शनका साथ अघि बढे सफलता सुनिश्चित हुने बताउनुभयो। साथै उहाँले फेम इन्स्टिच्युट
ले विद्यार्थीको भविष्य निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समापन समारोहमा आयोजक संस्थाले सम्पूर्ण अतिथि, प्रशिक्षक तथा सहभागीप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM