२०८२ फाल्गुन १९ गते मंगलवार

पर्सा क्षेत्र नं. १ मा जनमत पार्टीप्रति युवाको आकर्षण बढ्दो, दुई दर्जनभन्दा बढी युवा पार्टी प्रवेश

 

पर्सा निर्वाचन क्षेत्र नं. १ का विभिन्न वडाबाट दुई दर्जनभन्दा बढी जेन्जी पुस्ताका युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। क्षेत्र नं. १ मा ‘हरन’ चुनाव चिन्हलाई विजयी गराउने प्रतिबद्धतासहित उनीहरूले आज औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

वीरगञ्ज–२० का शत्रुधन यादव तथा वीरगञ्ज–१३ का प्रन्जल ठाकुरको नेतृत्वमा युवाहरू स्वस्फूर्त रूपमा जनमत पार्टीमा आबद्ध भएका छन्। नवप्रवेशी युवाहरूले क्षेत्रको विकास, सुशासन र युवाको नेतृत्व स्थापित गर्ने उद्देश्यले जनमत पार्टी रोजेको बताएका छन्।

पार्टी प्रवेश कार्यक्रममा पर्सा क्षेत्र नं. १ का जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फ, नेतृ रम्भा मिश्र, नेता भुपेन्द्र साह, डा. मनोज कुमार, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह, युवा महानगर अध्यक्ष अजित सिंह लगायतका नेताहरूको उपस्थिति रहेको थियो। नेताहरूले नवप्रवेशी युवाहरूलाई टीका–माला लगाई स्वागत गर्दै पार्टीको सिद्धान्त र लक्ष्यलाई जनतासम्म पुर्‍याउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

कार्यक्रममा वक्ताहरूले युवाको सहभागिताले पार्टी अझ सशक्त र गतिशील बन्ने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा जनमत पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्ने दाबी गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM