२०८२ फाल्गुन १९ गते मंगलवार

कृषि आधुनिकीकरण र किसान सशक्तिकरणमा जोड: पर्सा–१ मा जनमतका उम्मेदवार ओमप्रकाश सरार्फको घरदैलो

 

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा ओमप्रकाश सरार्फ ले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। जनमत पार्टीका तर्फबाट उम्मेदवार सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१४ पिप्रामा घरदैलो, भेटघाट तथा प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेका हुन्।

कार्यक्रममा बोल्दै उनले तराई–मधेसको मुख्य आयस्रोत कृषि रहेको उल्लेख गर्दै राज्यले किसानसँग समय–समयमा विभेद गर्दै आएको आरोप लगाए। उनले जनमत पार्टी सधैं किसानको सम्मान र अधिकारको पक्षमा उभिँदै आएको बताउँदै आधुनिक प्रविधि र व्यवसायिक कृषि प्रणालीमार्फत किसानको आम्दानी बढाउने स्पष्ट योजना पार्टीसँग मात्र रहेको दाबी गरे।

सरार्फले वीरगञ्जस्थित कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै मधेस र देशको समग्र विकासका लागि डॉ. सीके राउत को नेतृत्व आवश्यक रहेको बताए। उनले आगामी निर्वाचनमा ‘हरन’ छापमा मतदान गरी पार्टीलाई विजयी बनाउन मतदातासँग अपिल गरे।

यसैबीच, वडा नम्बर–७ मा समर्थकहरूले वडा स्तरीय प्रचार–प्रसार कार्यालय सञ्चालनमा ल्याएका छन्।
कार्यक्रममा स्थानीय नेताहरू बिध्याला प्रसाद, रम्भा मिश्रा, समानुपातिक उम्मेदवार विजय पासवान, डा. मनोज कुमार, सिए देवराज, श्याम शंकर चौरसिया, अनिता रौनियार, सिकेन्द्र पटेल, रोहित पटेल, सत्युग साह, तुल्सी राम, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
सरार्फले विकास, कृषि आधुनिकीकरण, किसान सशक्तिकरण तथा मधेसको समग्र उत्थानलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM