२०८२ फाल्गुन १९ गते मंगलवार

रानीघाट–श्रीपुर टोलमा जनमत उम्मेदवार ओमप्रकाश सरार्फको तीव्र घरदैलो, खानेपानी पहिलो प्राथमिकता

 

ओमप्रकाश सरार्फले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै वीरगञ्ज महानगरपालिका वडा नम्बर–११ रानीघाट, श्रीपुर टोलमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

जनमत पार्टीका तर्फबाट उम्मेदवार बनेका सरार्फले पछिल्लो समय मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। घरदैलो अभियानमार्फत उनले स्थानीय बासिन्दाका समस्या, अपेक्षा र सुझावलाई नजिकबाट सुन्ने प्रयास गरेका हुन्।

घरदैलोका क्रममा सरार्फ टोल–टोलमा पुगेर ज्येष्ठ नागरिक, महिला, युवा तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरेका थिए। स्थानीयवासीहरूले विशेषगरी खानेपानी, सडक, ढल निकास, सरसफाइ र रोजगारीका विषयमा गुनासा तथा सुझाव राखेका थिए। ती समस्यालाई गम्भीरतापूर्वक लिँदै उनले दीर्घकालीन तथा व्यवहारिक समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए।

रानीघाट–श्रीपुर टोलमा शुद्ध खानेपानीको अभाव प्रमुख समस्याका रूपमा उठेको थियो। धेरै घरधुरीमा नियमित र स्वच्छ पानी आपूर्ति नहुँदा जनस्वास्थ्यमा असर परेको स्थानीयको भनाइ थियो। यस सन्दर्भमा सरार्फले स्थायी पाइपलाइन विस्तार, नयाँ पानी ट्यांकी निर्माण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत स्वच्छ र नियमित पानी आपूर्ति सुनिश्चित गरिने योजना अघि सार्ने प्रतिबद्धता जनाए। खानेपानी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग समन्वय गरी दिगो समाधान निकाल्ने उनले बताए।

घरदैलो कार्यक्रममार्फत जनतासँगको निकटता बढाउँदै सरार्फले विकास, पारदर्शिता र जनउत्तरदायी नेतृत्वको आवश्यकता औँल्याएका छन्। स्थानीयले पनि प्रत्यक्ष संवादले आफ्ना मुद्दा उठाउने अवसर मिलेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM