२०८२ फाल्गुन १९ गते मंगलवार

छपकैयामा कांग्रेस उम्मेदवार अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि साथ दिन आग्रह

 

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का अजय चौरसियाले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ छपकैया क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका चौरसियाले घरदैलोका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका थिए। उनले कांग्रेसले नै देशमा विकासको आधार निर्माण गरेको दाबी गर्दै विगतका उपलब्धिहरू स्मरण गराएका थिए।

उनले सडक, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा कांग्रेस सरकारको योगदान उल्लेख गर्दै आगामी दिनमा पनि जनताको हित, समृद्धि र सुशासनका लागि पार्टी प्रतिबद्ध रहेको बताए। साथै, विकासको निरन्तरताका लागि चारै तहमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग आग्रह गरे।

घरदैलोका क्रममा स्थानीयवासीहरूले क्षेत्रका विभिन्न समस्या र अपेक्षाबारे धारणा राखेका थिए। चौरसियाले ती सुझावलाई समेटेर योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।वडा नं. ६ मा घरदैलो कार्यक्रमका लागि अनुरोधयसैबीच, नेपाली कांग्रेस नगर वडा कार्य समिति वडा नं. ६ द्वारा आयोजित घरदैलो कार्यक्रममा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्यहरू, भातृ संघ–संस्था, शुभेच्छुक तथा समर्थक साथीहरूलाई अनिवार्य रूपमा उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गरिएको छ।

स्थान: माइस्थान मन्दिर अगाडिको प्राङ्गण
मिति: फागुन ११ गते, सोमबार कार्यक्रम आयोजक समितिले निर्धारित समय र स्थानमा उपस्थित भई पार्टीको अभियानलाई सशक्त बनाउन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM