हरि पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा सभापति एवं पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार, वीरगञ्ज महानगरपालिका–१८ भबानिपुरमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ।
भबानिपुरमा आयोजित उक्त कार्यक्रममा जेन्जी, युवा, प्रौढ तथा बृद्ध गरी सबै उमेर समूहका स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा आबद्ध व्यक्तित्वहरूको सहभागिताले कार्यक्रम थप ऊर्जा र उत्साहले भरिएको देखिन्थ्यो।
स्थानीय सहभागीहरूले पुराना दलहरूप्रति बढ्दो निराशा व्यक्त गर्दै अब वैकल्पिक शक्तिको आवश्यकता महसुस भएको बताएका छन्। उनीहरूले पारदर्शिता, सुशासन तथा युवा नेतृत्वप्रतिको प्रतिबद्धताले आफूहरूलाई रास्वपातर्फ आकर्षित गरेको उल्लेख गरे।
घरदैलोका क्रममा पन्तले भबानिपुरका सडक, सरसफाइ, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले सबै पुस्ताको साथ र विश्वासलाई आफ्नो मुख्य शक्ति बताउँदै आगामी दिनमा जनताको अपेक्षाअनुसार काम गर्ने दृढता व्यक्त गरे।
भबानिपुरमा देखिएको बहुपुस्तीय समर्थनले पन्तलाई सबै उमेर समूहका साझा र रोजाइका उम्मेदवारको रूपमा स्थापित गरेको स्थानीयहरूको भनाइ रहेको छ।









