२०८२ फाल्गुन १९ गते मंगलवार

भेडियाही र सिवम टोलमा ओमप्रकाश सरार्फको सघन घरदैलो, टोल–टोलमा महिला टोली परिचालन

 

पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार Om Prakash Sarraf ले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ भेडियाही र वडा नम्बर–१६ सिवम टोलमा सघन घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रमअन्तर्गत टोल–टोलमा महिला टोली परिचालन गरिँदै चुनावी अभियानलाई थप प्रभावकारी बनाइएको छ।

घरदैलोका क्रममा सरार्फले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका सडक, ढल निकास, खानेपानी, सरसफाइ, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत समस्याबारे सुझाव संकलन गरेका थिए। उनले दीर्घकालीन समाधानसहित योजनाबद्ध विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै “स्थानीय आवश्यकता नै मेरो प्राथमिकता” भएको बताएका छन्।

भेडियाही र सिवम टोलका विभिन्न समूह—युवा, व्यवसायी, ज्येष्ठ नागरिक तथा महिला दिदीबहिनी—सँगको छलफलमा रोजगारी सिर्जना, महिला सशक्तीकरण र साना उद्यम प्रवर्द्धनका विषयमा विशेष जोड दिइएको थियो। अभियानका क्रममा गठन गरिएका महिला टोलीहरूले घर–घरमा पुगेर मतदातासँग संवाद गर्ने, चुनावी एजेन्डाबारे जानकारी दिने तथा मतदाता परिचालन गर्ने काम गरिरहेका छन्।

स्थानीयवासीहरूले प्रत्यक्ष भेटघाट कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै जनप्रतिनिधि उम्मेदवारले टोलमै पुगेर समस्या सुन्नु स्वागतयोग्य कदम भएको बताएका छन्। उनीहरूले विगतमा ओझेलमा परेका आधारभूत सेवासम्बन्धी विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

सरार्फले सबै वर्ग र समुदायको साथ लिएर समावेशी तथा दिगो विकासको लक्ष्यसहित अघि बढ्ने प्रतिवद्धता दोहोर्‍याउँदै आगामी दिनमा पनि घरदैलो अभियानलाई निरन्तरता दिने बताएका छन्। भेडियाही र सिवम टोलमा देखिएको उत्साहपूर्ण सहभागिताले उनको चुनावी अभियान थप सक्रिय र सशक्त बन्दै गएको संकेत गरेको स्थानीयहरूको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM