२०८२ फाल्गुन १९ गते मंगलवार

पटेलनगरमा रास्वपाको कोणसभा सम्पन्न, हरि पन्तको परिवर्तनको आह्वान

 

वीरगञ्ज महानगरपालिका–२० स्थित पटेलनगर चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोणसभा सम्पन्न भएको छ। मङ्गलबार साँझ पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत आयोजित उक्त कार्यक्रममा स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले नेपाली जनता अब सचेत र जागरुक भइसकेकाले पुराना शैलीका राजनीति र भ्रमपूर्ण आश्वासन अब नचल्ने बताएका छन्। उनले विगत ३६ वर्षदेखि नेताहरूले जनतालाई झुक्याउँदै आएको आरोप लगाउँदै यसपटक जनता नझुक्किने दाबी गरे। क्षेत्र नं. १ का मतदाताले आफूलाई विजयी गराउनेमा आफू ढुक्क रहेको उनको भनाइ थियो।

कार्यक्रम कृष्ण पस्वानले सञ्चालन गरेका थिए। कोणसभामा जनार्दन सिंह, सगिर आलम, महुमुद्दिन अन्सारी र चन्दन यादवलगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए। सभामा पटेलनगरका स्थानीय बासिन्दाको ठूलो सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM