२०८२ फाल्गुन १९ गते मंगलवार

बिरगंज–२२ जगरनाथपुरमा प्रदिप यादवको घरदैलो र जनता दर्शन कार्यक्रम सम्पन्न

 

बिरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुर टोलमा प्रतिनिधि सभा उम्मेदवार प्रदिप यादव द्वारा आयोजित घरदैलो तथा जनता दर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा प्रदिप यादवले स्थानीय घर–घर पुगेर आदरणीय आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गरेका थिए। उनले स्थानीयवासीहरूसँग भएका छलफलमा सुझाव, सल्लाह र समर्थनको महत्वको चर्चा गर्दै आफूलाई अझ जिम्मेवार र उत्साहित महसुस भएको बताए।

उम्मेदवार यादवले वडाको समृद्धि, सुशासन र दिगो विकासका लागि सबैको सहयोग अपरिहार्य भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सूर्य छापमा मतदान गरी आफूलाई विजयी बनाइदिनुहुन हार्दिक अपिल गरेका छन्।

“हामी सबै मिलेर हाम्रो टोल र वडालाई नमुना वडा बनाऔं,” यादवले आफ्नो मन्तव्यमा भने। उनले स्थानीय तहका विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा स्थानीयवासीहरू उत्साहित देखिए र उमेदवारको योजनाप्रति सरोकार राख्दै सक्रिय सहभागी भएका थिए। यस कार्यक्रमले आगामी निर्वाचनमा यादवको जनसमर्थन अझ बलियो हुने संकेत दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM