२०८२ फाल्गुन ३० गते शनिबार

विपन्न परिवारकी छोरीको विवाहका लागि रास्वपा युवा नेता बृजेश्वर चौधरीद्वारा खाद्यान्न सहयोग

 

समाज सेवामा सक्रिय रहँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता एवं समाजसेवी बृजेश्वर चौधरीले पर्साको जगरनाथपुर गाउँपालिकामा बसोबास गर्ने एक अति विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन्। आर्थिक अभावका कारण छोरीको विवाह व्यवस्थापन गर्न कठिनाइ भइरहेको जानकारी पाएपछि चौधरीले आफ्नो तर्फबाट आवश्यक खाद्यान्न सामग्री प्रदान गरेका हुन्।

विवाहको तयारीमा रहेको परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले चौधरीले चामल, दाल, बेसन, मैदा लगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्री उपलब्ध गराएका छन्। उनले समाजमा आर्थिक रूपमा कमजोर परिवारहरूलाई यस्ता अवसरमा साथ दिनु सबैको दायित्व भएको बताए।

यस अवसरमा चौधरीले राजनीति मात्र नभई समाज सेवामा पनि सक्रिय रहनुपर्ने आवश्यकता औंल्याउँदै भने, “राजनीति त हुँदै गइरहेको छ, तर त्यससँगै समाज सेवामा पनि हामी सबैले हातेमालो गर्नुपर्छ। सानो सहयोगले पनि कसैको जीवनमा ठूलो राहत पुग्न सक्छ। आवश्यक परेको बेला जरुरतमन्द परिवारलाई थोरै भए पनि सहयोग गर्दै जानुपर्छ, तब मात्र समाज बलियो बन्छ।

सहयोग प्राप्त गरेपछि उक्त परिवारका सदस्यहरूले चौधरीप्रति आभार व्यक्त गरेका छन्। साथै उनले विवाह हुन लागेकी बहिनीको दाम्पत्य जीवन सुखमय र सफल रहोस् भनी भगवानसँग प्रार्थना समेत गरेका छन्।
स्थानीयवासीहरूले चौधरीको यस सहयोगी कार्यको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने बताएका छन्। उनीहरूले समाजका अन्य सक्षम व्यक्तिहरूले पनि यस्तै मानवीय कार्यमा अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेका छन।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM