२०८२ चैत्र २ गते सोमबार

बीपीएस प्लस टू कलेज वीरगञ्जमा ‘स्पोर्ट्स वीक २०८२’ सम्पन्न, उत्कृष्ट विद्यार्थीहरू सम्मानित

 

वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित बीपीएस प्लस टू (BPS +2) कलेजमा आयोजित स्पोर्ट्स वीक २०८२ कार्यक्रम उत्साहपूर्ण वातावरणका बीच सफलतापूर्वक सम्पन्न भएको छ। कलेज परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागितासहित विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिएको थियो।

स्पोर्ट्स वीक अन्तर्गत सञ्चालन गरिएका विभिन्न खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको कलेजले जनाएको छ। प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै अनुशासन, टीमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कार्यक्रमका अध्यक्ष कलेजका एकेडेमी डाइरेक्टर दीपक पटेल रहेका थिए भने प्रमुख अतिथिका रूपमा पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको उपस्थिति रहेको थियो। कार्यक्रममा एचआर डाइरेक्टर संदीप कुशवाहा, प्राचार्य प्रभात मेहता लगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन रवि यादवले गरेका थिए।

यसैगरी कार्यक्रममा शिक्षकहरू दीपेन्द्र कानु, शुभम खत्री, राजेश यादव, अविरल पटेल, आकाश पटेल, विशेष दुबे, अनिश महतो, रेश्मा पटेल लगायत अन्य शिक्षक–कर्मचारी सहित विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डीएसपी राजु कार्कीले विद्यार्थी जीवनलाई “गोल्डेन समय” भएको उल्लेख गर्दै यसलाई सही ढंगले उपयोग गर्नुपर्ने बताए। उनले विद्यार्थीहरूलाई सोचविचार गरेर राम्रो काममा लाग्न, खराब काम र कुसंगतबाट टाढा रहन तथा अनुशासन र मेहनतका साथ भविष्य निर्माण गर्न आग्रह गरे।

स्पोर्ट्स वीक अन्तर्गत विभिन्न खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा शिल्ड–मेडल प्रदान गरी सम्मान गरिएको थियो। उत्कृष्ट पुरस्कार विजेताहरू यस प्रकार रहेका छन् :
उत्कृष्ट खेलाडी (छात्र) : अनिश गुप्ता (कक्षा १२)
उत्कृष्ट खेलाडी (छात्रा) : उषा गुप्ता (कक्षा ११)उत्कृष्ट सेक्सन पुरस्कार : कक्षा १२ ‘A’
कार्यक्रमका अध्यक्ष दीपक पटेलले विजेता विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।

कलेजले हरेक वर्ष यस्तै प्रकारका स्पोर्ट्स वीक तथा अन्य शैक्षिक एवं अतिरिक्त क्रियाकलापसम्बन्धी कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको पनि उनले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM