२०८२ चैत्र ३ गते मंगलवार

चिल्ड्रेन वर्ल्ड सेकेन्डरी स्कुलको ५औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

 

चिल्ड्रेन वर्ल्ड सेकेन्डरी स्कुलको ५औँ वार्षिक उत्सव कार्यक्रम उत्साहपूर्वक तथा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूले आकर्षक नृत्य, गीत तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए।

उक्त अवसरमा विद्यालयले वर्षभरिका शैक्षिक तथा अतिरिक्त क्रियाकलापसम्बन्धी उपलब्धिहरू प्रस्तुत गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण पनि गरिएको थियो। कार्यक्रमले विद्यालयको प्रगति र विद्यार्थीहरूको प्रतिभालाई उजागर गरेको देखिन्थ्यो।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाको शैक्षिक महाशाखाका प्रमुख आनन्द लामिछाने रहेका थिए। उनले आफ्नो भनाइमा यस्ता वार्षिक उत्सवहरूले विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनात्मकता र नेतृत्व क्षमताको विकास गर्ने उल्लेख गर्दै विद्यालयले शिक्षासँगै अतिरिक्त गतिविधिमा दिएको प्राथमिकता प्रशंसनीय रहेको बताए। साथै उनले गुणस्तरीय शिक्षा प्रदान गर्दै समाजका लागि सक्षम नागरिक उत्पादन गर्न विद्यालयले खेलेको भूमिकाको सराहना गरे।

कार्यक्रम चिल्ड्रेन वर्ल्ड सेकेन्डरी स्कुलका सञ्चालक सुमन सरको अध्यक्षतामा सम्पन्न भएको थियो। साथै प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, महानगर अध्यक्ष राहुल श्रीवास्तव, शर्मानन्द कुश्वाहा, आलोक चौरसिया, वरिष्ठ उपाध्यक्ष सुशिला साह लगायत विशिष्ट अतिथिहरू तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन सञ्चारकर्मी राजेन्द्र सिंहले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM