२०८२ चैत्र ४ गते बुधबार

मारवाडी प्रिमियर लिग–३ : छैठौँ दिनका खेल सम्पन्न अन्नपूर्ण टाइगर र एभरेस्ट ब्लेजिङ हक्स विजयी

 

मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिताअन्तर्गत छैठौँ दिनका खेलहरू उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका छन्। प्रतियोगिता वीरगञ्जस्थित आदर्शनगर रंगशालामा जारी रहेको छ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न खेलहरूमा खेलाडी तथा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ भने प्रतियोगिता अवधिभर २३ खेल खेलाइने कार्यक्रम रहेको छ। उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई विजेता घोषित गरिनेछ। विजेता टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक केशव खेतानले जानकारी दिएका छन्।

छैठौँ दिनको पहिलो खेल मकालु महांकाल राइजरर्स र अन्नपूर्ण टाइगरबीच सम्पन्न भएको थियो। उक्त खेलमा मकालु महांकाल राइजरर्सले १५ ओभरमा ८ विकेट गुमाउँदै ११६ रन बनाएको थियो। जवाफमा अन्नपूर्ण टाइगरले १५ ओभरमै ४ विकेट गुमाउँदै ११९ रन बनाउँदै ६ विकेटले शानदार जित हात पारेको छ।

छैठौँ दिनको दोस्रो खेल एभरेस्ट ब्लेजिङ हक्स र धौलागिरी बौद्धिमाईबीच भएको थियो। खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो र दुवै टोलीले उत्कृष्ट प्रदर्शन देखाएका थिए। दोस्रो खेलको बिजेता एभरेस्ट ब्लेजिङ हक्स भएको थियोे।

प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटप्रति उत्साह बढाउनुका साथै खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM