सगरमाथा एकेडेमी, मुर्ली वीरगञ्जको कक्षा १० को १४औँ ब्याचका विद्यार्थी भाइबहिनीहरूलाई एक भव्य समारोहबीच विदाई गरिएको छ। विद्यालयका संस्थापक तथा प्रिन्सिपल एवं नेशनल प्याब्सन वीरगञ्ज नगर अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा चिल्ड्रेन पैराडाइज माध्यमिक विद्यालयका संस्थापक रामविनय चौरसिया सहभागी हुनुभएको थियो।
त्यसैगरी, कार्यक्रममा विभिन्न विद्यालयका संस्थापक तथा शिक्षासेवीहरू विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। विशिष्ट अतिथिहरूमा गूगल स्कूलका संस्थापक नरेश पटेल, गोल्डेन गेट स्कूलका संस्थापक शेख अजहर, शुभ तारा स्कूलका संस्थापक प्रमोद साह, अध्ययन स्कूलका संस्थापक गौतम श्रीवास्तव, ए–प्लस स्कूलका संस्थापक देव जैसवाल, नवयुग स्कूलका संस्थापक आनन्द पटेल, ममता विद्या मन्दिरका संस्थापक विश्वास शाह, तथा ज्ञान उदय स्कूलका संस्थापक पतिराम शाह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
विदाई समारोहको अवसरमा विद्यार्थीहरूले नृत्य, गीत, नाटक लगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रमको संयोजन सञ्जीव यादवले गर्नुभएको थियो।
कार्यक्रममा भावुक वातावरण सिर्जना गर्दै वक्ताहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे। कार्यक्रममा भनिएको थियो, “यो विदाई केवल कक्षाकोठा र बेन्चहरूसँगको बिदाइ हो, हाम्रो सम्बन्ध र सद्भावसँगको होइन।
यहाँ सिकेका ज्ञान, अनुशासन र संस्कारलाई जीवनभरको अमूल्य पुँजीका रूपमा उपयोग गर्नुहोस्।”समग्रमा, कार्यक्रम उल्लासपूर्ण, भावुक तथा प्रेरणादायी वातावरणमा सम्पन्न भएको थियो।








