२०८२ चैत्र १४ गते शनिबार

वीरगञ्जमा कक्षा ११ का विद्यार्थीहरूका लागि भव्य ‘Motivational Training Program 2082’ सम्पन्न

 

वीरगञ्ज महानगरपालिका–९, रानिघाटस्थित BPS +2 College द्वारा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘Motivational Training Program 2082’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्जको होटल विश्वामा आयोजना गरिएको थियो।

BPS +2 College का Academic Director दिपक पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल आर्मी, श्री जंग गण वीरगञ्जका प्रमुख सेनानी लेफ्टिनेन्ट कर्णल लोकेन्द्र कार्कीको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा नेपाल राष्ट्र बैंक, वीरगञ्ज शाखाका प्रमुख सुशील पौडेल सहभागी भएका थिए।

कार्यक्रममा प्रमुख अतिथि लेफ्टिनेन्ट कर्णल लोकेन्द्र कार्कीले विद्यार्थीहरूलाई प्रेरणादायी प्रशिक्षण दिँदै जीवनमा अनुशासन, लक्ष्य निर्धारण र सकारात्मक सोचको महत्वबारे प्रकाश पारेका थिए। साथै, अर्का प्रशिक्षक सन्तोष कुमार कर्णले पनि विद्यार्थीहरूलाई आत्मविश्वास अभिवृद्धि र सफलताको मार्गबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रमको सुरुवात विद्यार्थीहरूद्वारा प्रस्तुत स्वागत नृत्यबाट गरिएको थियो भने स्वागत मन्तव्य BPS +2 College का निर्देशक राजेन्द्र चौधरीले व्यक्त गरेका थिए। त्यसैगरी, कलेज तथा कार्यक्रमको उद्देश्यबारे जानकारी सन्दिप कुशवाहाले गराएका थिए।

उक्त कार्यक्रममा Principal प्रभात मेहता सहित लालबाबु चौरसिया, अनिल वर्णवाल, हरिन्द्र कुशवाहा, विशेष द्विवेदी, आकाश पटेल, रवि यादव, दिपेन्द्र कानु, दिपक खत्री, शुभम तुल्स्यान, रेश्मा पटेल, सदीक्षा सुवेदी, अंगद यादव, राजेश्वर पटेल, विरेन्द्र केशरी, लालबाबु सिंह लगायत विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रमले उनीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता तथा सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM