२०८२ चैत्र १४ गते शनिबार

गहवा माई मन्दिरमा महाआरतीको दोस्रो दिन: भक्तजनलाई प्रसाद वितरण, श्रद्धालुहरूको उल्लेख्य सहभागिता

 

वीरगञ्जस्थित गहवा माई मन्दिर परिसरमा आयोजित भव्य महाआरतीको दोस्रो दिन शनिवार पनि दर्शनका लागि आएका भक्तजनहरूलाई प्रसाद वितरण गरिएको छ। श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिद्वारा सञ्चालित उक्त सेवा कार्यक्रममा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।

समितिका अध्यक्ष श्याम कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता), उपाध्यक्ष देवानन्द प्रसाद कलवार तथा कार्यक्रम संयोजक मुकेश प्रसाद साहलगायतको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेको विशिष्ट उपस्थिति रहेको थियो। सो अवसरमा श्रीमती सीमा दुबे, राधा शर्मा, बिभा साह लगायतका महिला नेतृत्व तथा स्वयंसेवक टोलीले भक्तजनहरूलाई व्यवस्थित रूपमा प्रसाद वितरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
समितिले आयोजना गरेको यस मानवीय तथा धार्मिक कार्यप्रति स्थानीयवासीहरूले प्रशंसा व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM