२०८२ चैत्र १६ गते सोमबार

जगरनाथपुरमा निशुल्क आँखा शिविर सम्पन्न: १६१ जना लाभान्वित, ३३ जनामा मोतियाबिन्द पहिचान

 

जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुर धर्मशालामा सोमबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ। तिलगंगा सामुदायिक आँखा अस्पताल (हेटौंडा) को आयोजना तथा प्राविधिक सहयोगमा आयोजित उक्त शिविर युवा नेता बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।

शिविरमा डा. महेश सिंह घामी, डा. कृष्ण कुशवाहा, डा. रीमा खड्की लगायतको चिकित्सकीय टोलीले सेवा प्रदान गरेको थियो। साथै असिस्टेन्ट सुनिता देवकोटा, रोशनी गिरी, युवा नेता मनोज कुमार केवट, विकास पटेल, अम्बिका साह, उमेश गिरी, नागेन्द्र प्रसाद चौहान, जोधा राम, लालसा देवी लगायत स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

शिविरमा कुल १६१ जनाको आँखा परीक्षण गरिएको थियो। जसमध्ये ३३ जनामा मोतियाबिन्द समस्या देखिएको छ भने ३८ जनालाई निःशुल्क औषधि (ड्रप) वितरण गरिएको जानकारी दिइएको छ।मोतियाबिन्द भएका बिरामीहरूलाई अस्पतालको आफ्नै सवारी साधनमार्फत सोमबार नै हेटौंडा लगिएको छ।

उनीहरूको भोलि १७ गते शल्यक्रिया गरिने र पर्सी १८ गते पुनः लक्ष्मीपुरमै ल्याइने कार्यक्रम रहेको डा. महेश सिंह घामीले जानकारी दिएका छन्।
यस प्रकारको निःशुल्क स्वास्थ्य सेवाबाट लाभान्वित स्थानीय बासिन्दाहरूले आयोजक तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM