लायन्स क्लब अफ रक्सौलले रक्सौल नगरको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने समस्या समाधानका लागि प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ। क्लब अध्यक्ष लायन बिमल सर्राफको नेतृत्वमा भएको प्रतिनिधिमण्डलले रक्सौलका विभिन्न प्रमुख प्रशासनिक पदाधिकारीहरूसँग शिष्टाचार भेट गरी ज्ञापन बुझाएको हो।

प्रतिनिधिमण्डलमा क्लब सचिव लायन मोहम्मद निजामुद्दीन, पूर्व अध्यक्ष तथा क्लब लिडर सर्भिस चियरपर्सन लायन गणेश धानोठिया, र पूर्व अध्यक्ष लायन पंकज बरनवालको सहभागिता थियो।
उक्त टोलीले अनुमण्डल पदाधिकारी श्री मनीष कुमार, अनुमण्डल प्रहरी पदाधिकारी श्री मनीष आनन्द, तथा अवर निबन्धक पदाधिकारी श्री आशीष अग्रवालसँग छुट्टाछुट्टै भेट गर्दै रक्सौलको दुई ज्वलन्त समस्याबारे छलफल गरेका थिए र ज्ञापनपत्र बुझाएका थिए।
मुख्य समस्याहरू गम्भीर जल संकट शहरवासीहरू अहिले पिउनलायक पानीको चरम अभावको सामना गरिरहेका छन्।
कोइरिया टोला नहर चौकको पुल बन्द सो पुल बन्द हुँदा रक्सौलमा चारैतिर सवारी जामको स्थिति उत्पन्न भएको छ।
पदाधिकारीहरूले ज्ञापनपछि प्रतिक्रिया दिँदै प्रशासन ती समस्याहरूको समाधानका लागि निरन्तर प्रयासरत रहेको बताएका थिए। साथै, रक्सौलमा क्रियाशील सबै सामाजिक र स्वयंसेवी संघसंस्थाहरूलाई प्रशासनसँग सहकार्य गर्दै सामूहिक रूपमा समाधानमा जुट्नुपर्ने धारणा पनि व्यक्त गरेका थिए।
लायन्स क्लबले पनि प्रशासनसँग पूर्ण सहयोग गर्न तत्पर रहेको स्पष्ट गर्दै सकारात्मक भूमिका खेल्ने प्रतिवद्धता जनाएको छ।यसबारे जानकारी लायन्स क्लब अध्यक्ष तथा मिडिया प्रभारी लायन बिमल सर्राफले पत्रकारहरूसँग साझा गरेका हुन्।









