बीरगंज महानगरपालिका वडा नम्बर ८ पानी टंकीमा रहेको लिटिल बडी प्रि स्कुलले शनिबार कलासीक बैककमा मम एण्ड मी प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।लिटिल बडी प्रि स्कुलका प्रिन्सिपल बिजय बलको अध्यक्षता तथा घरेलु तथा साना उधोग विभागका रिमा साहको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा बौद्धिक विकासमा धेरै उपलब्धि हुने बताएकी छिन् ।
यस्ता कार्यक्रम मार्फत साना नानीहरूलाई अभिभावकहरुले पनि केही ज्ञान दिन सक्ने भएकोले बिधालयले बेला बखत कार्यक्रम गरि प्रेरित गर्न जरुरी रहेको बताएकी हुन ।बिधालयले शिक्षा संगसंगै अतिरिक्त क्रियाकलापहरु मार्फत विद्यार्थीहरुमा जागरुप ल्याउन अति आवश्यक रहेको बताएका छिन् । कार्यक्रमको विशिष्ट अतिथि प्याब्सन महानगर कमिटी अध्यक्ष राहुल श्रीवास्तवले भने विद्यार्थीहरुलाई केवल अध्यापन गरेरमात्र नहुने भएकोले बेला बखत विद्यार्थीहरुको बौद्धिक विकासमा परिवर्तन ल्याउन यस्ता कार्यक्रमले उनीहरूको मनोबल बढ्ने बताएका छन् ।

अहिले खेलने कुढ्ने समयमा यी स- साना नानीहरूलाई आमा र छोरी र आमा छोरा बिचको समन्वय गरेको खण्डमा विद्यार्थीहरुको उच्च मनोबल बढ्न ठूलो मद्दत गर्ने अध्यक्ष श्रीवास्तवले बताएका हुन । कार्यक्रममा बच्चा र आमा डान्स प्रतियोगिता ,फेसन प्रतियोगिता आयोजना गरिएको उक्त कार्यक्रममा डान्स प्रतियोगितामा ८ जना सहभागी रहेकोमा प्रथम आमा करिशमा खड्का ,छोरी रिधिमा खड्का ,दोस्रो आमा संगीता चौधरी ,छोरी हेजल चौधरी ,तेस्रो आमा स्मिता कर्ण,छोरा आरब कर्ण भएका थिए।फेसन प्रतियोगितामा १०० जना आमा छोरीहरू सहभागी रहेको थियो ।
निर्णयक मण्डलहरु रुपसी क्षेत्री ,अपेक्षा झा रहेका थिए। कार्यक्रममा प्याब्सन महानगर कमिटी अध्यक्ष राहुल श्रीवास्तव,नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई,बीरगंज युवा समाजका सल्लाहकार माटिन मोक्तान,बिधालय ब्यवस्थापन समिति सदस्य सुप्रिया पौडेल र रुचिका श्रीवास्तव तथा अभिभावकहरु विद्यार्थीहरु पत्रकार लगायतको उपस्थित रहेको थियो ।कार्यक्रमको सहजिकरण स्वयता साह र एलिसा मिजारले गरेका थिए।










