२०८३ जेष्ठ ३ गते आईतवार

उपकार सेवा नेपालको सहयोगमा अपाङ्ग व्यक्तिलाई खाद्यान्न सामग्री सहयोग

 

उपकार सेवा नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिरगंज महानगरपालिका–७ कुम्हालटोल निवासी ५३ वर्षीय सुरज श्रेष्ठलाई खाद्यान्न सहयोग प्रदान गरेको छ। श्रेष्ठलाई लामो समयदेखि रोगले थलाइ खुट्टा काट्नुपर्ने अवस्था आएको र हाल शारीरिक रूपमा निकै कमजोर भई अपाङ्गता स्थिति पुगेकोले उनी अत्यन्त कठिन अवस्थामा जीवन यापन गरिरहेका छन्।

आर्थिक अवस्था कमजोर भएकाले हातमुख जोड्न समेत समस्या भइरहेको देखिएपछि उपकार सेवा नेपालले एक बोरा (३० किलो) चामल, दाल, नून, आलु, प्याज, चिउरा, स्वाबिन, खाने तेल लगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरू उहाँको घरमै पुगी हस्तान्तरण गरेको हो।

सहयोग कार्यक्रमको नेतृत्व संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले गर्नुभयो। साथै कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारू,सामुदायिक प्रहरी कुम्हालटाेलका सचीव एवं समाजसेवी श्रवण बहादुर रायमाझी र रितेश गुप्ता समेतको उपस्थिति रहेको थियो।

स्थानीय बासिन्दा र सहभागीहरूले यस्तो मानवीय सहयोगको प्रशंसा गर्दै संस्थालाई धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM