जिल्ला पर्सा, बीरगंज महानगरपालिका–१०, आदर्शनगरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको गाडीमोबाइल टोलीले ठेलामा लोड गरी ल्याउँदै गरेको भन्सार मूल्य रु. २,३१,६०० बराबरको हार्डवेयर सामान बरामद गरेको हो। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिए।
त्यस्तै, सोही दिन बीरगंज महानगरपालिका–७, रेल्वे रोड नजिकको गल्लिमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएको भन्सार मूल्य रु. ८३,५९० बराबरको कपडा र चल्केट पनि सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको गाडीमोबाइल टोलीले बरामद गरेको छ। यी सामान पनि आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
यस सफल कारबाहीमा प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम भण्डारीको नेतृत्व, रणनीतिक योजना र सक्रियताप्रति सशस्त्र प्रहरी बलले उच्च प्रशंसा व्यक्त गरेको छ। अवैध तस्करी नियन्त्रणमा उहाँको तत्परतालाई विशेष रूपमा मूल्याङ्कन गरिएको बताइएको छ।









