२०८२ चैत्र ७ गते शनिबार

विरगञ्जमा “महिला पहिला” हस्ताक्षर अभियान दलित महिला संघको पहलमा गाउँ–गाउँमा

 

विरगञ्ज — अन्तरपुस्ता महिला संजाल र टेवा संस्थाको निर्देशनमा, दलित महिला संघ पर्साको पूर्ण टिमको नेतृत्वमा “०८४ को निर्वाचनमा महिला पहिला हुनुपर्छ” भन्ने उद्देश्यका साथ गाउँ–गाउँमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ।

दलित महिला संघकी संस्थापक अध्यक्ष निला कुमारी रामको नेतृत्वमा सुरु गरिएको यो अभियान हालसम्म विरगञ्ज महानगरपालिकाका १० वडामा सम्पन्न भइसकेको छ। अभियानको क्रममा स्थानीय महिला, युवती र समुदायका विभिन्न वर्गका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका छन्।

अध्यक्ष रामका अनुसार, “०८४ को निर्वाचनमा महिलाको अग्रभूमि सहभागिता सुनिश्चित गर्न, सबै तह–तप्काका नागरिकको समर्थन आवश्यक छ। यसका लागि हामी गाउँ–गाउँमा पुगेर महिला नेतृत्वको आवश्यकता बारे जनचेतना फैलाउँदैछौं।”

अभियानको हालसम्मको प्रगति अनुसार ३६५ जनाले हस्ताक्षर गरिसकेका छन्। संघले आउँदो दिनमा पर्सा जिल्लाका अन्य गाउँपालिका र नगरपालिकामा पनि अभियान विस्तार गर्ने तयारी गरेको छ।

यस पहलमार्फत दलित महिला संघ पर्साले महिला सशक्तीकरण, समान राजनीतिक सहभागिता, र लैंगिक समानताको पक्षमा व्यापक जनमत निर्माण गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM