२०८२ चैत्र ७ गते शनिबार

बीकन स्कूलमा श्रीकृष्ण जन्माष्टमी अवसरमा मटका निर्माण प्रतियोगिता सम्पन्न

 

वीरगञ्ज श्रीकृष्ण जन्माष्टमीको अवसरमा बीकन सेकन्डरी स्कूलका विद्यार्थीहरूले सिर्जनात्मकता र भक्ति भावसँगै रंगीन मटका निर्माण गरी उत्सव मनाएका छन्। विद्यालयले आयोजना गरेको यस विशेष कार्यक्रमले विद्यार्थीहरूलाई कलात्मक सीप प्रदर्शन गर्न मात्र नभई परम्परा र सांस्कृतिक मूल्यहरू आत्मसात गर्न प्रेरित गरेको छ।

कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले आफ्ना हातले विभिन्न आकार, रङ र डिजाईनका आकर्षक मटका बनाएका थिए। हरेक मटकामा उनीहरूको सिर्जनात्मक सोचसँगै भगवान श्रीकृष्णप्रति रहेको प्रेम र उत्साह झल्किएको देखिन्थ्यो।

विद्यालयका संस्थापक एवं समाजसेवी प्रकाश उपाध्ययाका अनुसार, यस्तो किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूलाई सिर्जनात्मकता विकासका साथै सांस्कृतिक चाडपर्वको महत्त्व बुझ्न सहयोग पुर्‍याउँछ। यस अवसरमा विद्यालयले विद्यार्थीहरूको उत्साह र सहभागिताको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै शिक्षामूलक तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

उक्त कार्यक्रममा बिधालयका शिक्षक जय कुमार दनुवार,सुबाश भट्टराई,मंगल सिंह लगाएतका शिक्षक एवं शिक्षिकाहरु तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM