२०८२ चैत्र ७ गते शनिबार

गौतम स्कूलमा श्रीकृष्ण जन्माष्टमी विशेष उत्सव अन्तर्गत रचनात्मक गतिविधिहरू सम्पन्न

 

गौतम स्कूलले यस वर्षको श्रीकृष्ण जन्माष्टमीलाई विशेष रचनात्मक कार्यक्रमसहित धुमधामका साथ मनाएको छ। कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूले कला, हस्तकला तथा चित्रकला प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो प्रतिभा र सिर्जनशीलता प्रदर्शन गरे।

 

कार्यक्रममा विद्यार्थीहरूले भगवान श्रीकृष्णको जीवन र शिक्षाबाट प्रेरित विभिन्न चित्र, रंगीन कलाकृति तथा हस्तनिर्मित सामग्रीहरू प्रस्तुत गरे, जसले विद्यालयमा धार्मिक र सांस्कृतिक माहोल थप उत्साहपूर्ण बनायो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रशंसा पत्र र पुरस्कार प्रदान गरियो।

विद्यालय प्रशासनका अनुसार यस्ता गतिविधिहरूले विद्यार्थीको सिर्जनात्मक क्षमता, आत्मविश्वास र सांस्कृतिक चेतना बढाउने उद्देश्य राखिएको हो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM