२०८२ चैत्र ७ गते शनिबार

रक्सौलस्थित लायन्स क्लबले ७९औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाएको छ ।

 

रक्सौल : शहरको मुख्य मार्गस्थित पंकज वाटिका परिसरमा लायन्स क्लब अफ रक्सौलद्वारा ७९औँ स्वतन्त्रता दिवस अत्यन्तै उत्साह, उमंग र देशभक्तिपूर्ण वातावरणमा हर्षोल्लासका साथ सम्पन्न भएको हो । कार्यक्रममा क्लबका अध्यक्ष तथा मिडिया प्रभारी बिमल कुमार सर्राफले ध्वजारोहण गरी राष्ट्रिय ध्वजलाई सलामी दिएका थिए । राष्ट्रिय ध्वज फहराएपछि राष्ट्रिय गान गाइयो र स्वतन्त्रता संग्रामका अमर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

यसपछि उपस्थित व्यक्तिहरूलाई मिष्टान्न वितरण गरिएको थियो र सबैले एक–अर्कालाई स्वतन्त्रता दिवसको शुभकामना आदान–प्रदान गरे ।

यस अवसरमा क्लबका अध्यक्ष सर्राफले भने, “लायन्स क्लबले राष्ट्रिय पर्वहरू केवल धुमधामले मात्र होइन, तर देशको एकता, अखण्डता, सार्वभौमिकता र सामाजिक सद्भावलाई सुदृढ बनाउने सन्देश पनि समाजमा फैलाउने काम गर्छ । प्रत्येक हातमा तिरंगा लहरिरहोस्, देशप्रेमको भावना सबैको रगतमा दौडिरहोस् भन्ने हाम्रो अभिलाषा रहन्छ।”

कार्यक्रममा स्थानीय विधायक श्री कुमार प्रमोद सिन्हा, जन सुराज नेतृ पूर्णिमा भारती, इञ्जिनियर जितेन्द्र कुशवाहा, गुड्डु सिंह, राजकिशोर राय, च्याम्बर्सका अध्यक्ष राकेश कुशवाहा, मनीष दुबे, वार्ड पार्षद सोनु गुप्ता, आशुतोष तिवारी, मृत्युन्जय सिंह, राजकुमार अग्रवाल, बण्टी केडिया लगायतको उपस्थिति रहेको थियो ।

बच्चाहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरूलाई क्लबको तर्फबाट सम्मानपत्र र उपहार प्रदान गरिएको थियो ।

त्यसैगरी क्लबका सचिव लायन मोहम्मद निजामुद्दीन, कोषाध्यक्ष लायन अमित कुमार, उपाध्यक्ष लायन प्रियंका सोनी, लायन गणेश धानोठिया, लायन नारायण रुंगटा, लायन हेमन्त अग्रवाल, लायन संजय गुप्ता, लायन पवन किशोर कुशवाहा, लायन डा. प्रदीप कुमार, लायन डा. राजीव रंजन, लायन पंकज बरनवाल, लायन पूनम सर्राफ, लायन दीपा कुमारी, लायन नीलम हिसारिया, लायन सुशीला धानोठिया, लायन रेणु रुंगटा, लायन गीता कुशवाहा, लायन रितन देवी लगायत सदस्यहरू उपस्थित रहेका थिए ।

यस कार्यक्रमबारे जानकारी क्लबका अध्यक्ष तथा मिडिया प्रभारी बिमल कुमार सर्राफले दिनुभएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM