२०८२ फाल्गुन १९ गते मंगलवार

रवि लामिछाने नख्खु कारागारमा सारिए

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार ल्याइएको छ। कारागार व्यवस्थापन विभागको निर्णयअनुसार उनलाई रुपन्देही कारागारबाट काठमाडौं सरुवा गरिएको हो।

लामिछानेलाई विमानस्थलस्थित नेपाल आयल निगमको गेटबाट प्रहरीले भ्यानमार्फत नख्खु कारागारतर्फ लगेको थियो। यस क्रममा उनले समर्थकहरूलाई भ्यानभित्रैबाट हात हल्लाउँदै अभिवादन गरेका थिए।

नख्खु कारागार बाहिर उनका समर्थकहरूको बाक्लो उपस्थिति देखिएको थियो। समर्थकहरूले नाराबाजी गर्दै लामिछानेप्रति ऐक्यबद्धता जनाएका थिए। साथै, पार्टीका सांसद तथा नेताहरू पनि नख्खु कारागार पुगेर उनको स्वागत गरेका थिए।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए। कारागार सरुवाका लागि उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए, जसलाई अदालतले जेठ १६ गते स्वीकृति दिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM