बिरगंज भन्सार क्षेत्र वरपरका सडक तथा सार्वजनिक स्थानमा अवैध तरिकाले भारतीय नम्बर प्लेटका गाडीहरू पार्किङ हुँदै आएको पाइएको छ। यसरी अनधिकृत रुपमा पार्किङ हुँदा स्थानीय सर्वसाधारणलाई आवतजावतमा असुविधा हुने गरेको छ भने भन्सार राजस्वमा समेत नकारात्मक असर पर्ने चिन्ता व्यापारीहरूले व्यक्त गरेका छन्।
स्थानीयले पटक–पटक गुनासो गर्दासमेत प्रहरी प्रशासन र सम्बन्धित निकाय मौन बसिरहेको आरोप लागेको छ। अनुगमन तथा नियन्त्रणमा चासो नदिँदा भारतीय नम्बर प्लेटका सवारीसाधन बिना अनुमति नै भन्सार क्षेत्र र शहरका मुख्य सडकमा खुल्लमखुल्ला पार्किङ हुने गरेको देखिएको छ।
व्यापारी र स्थानीयवासीले अवैध पार्किङ तत्काल रोक्न माग गर्दै सम्बन्धित निकायलाई कडाइका साथ कारबाही गर्न आग्रह गरेका छन्। तर, हालसम्म प्रशासनको प्रभावकारी कदम भने देखिएको छैन।
Post Views: 332









