२०८२ चैत्र ७ गते शनिबार

पुर्व मन्त्री तथा संघीय सांसद रमेश रिजालद्वारा मानवसेवा आश्रम भ्रमण एवं भोजन सेवा

 

पुर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं संघीय सांसद माननीय रमेश रिजालले सोमबार मानवसेवा आश्रम वीरगञ्ज–२५, श्रीसिया शाखाको अवलोकन भ्रमण गर्नुका साथै बिहानको भोजन सेवा योगदान गर्नुभएको छ।

आश्रमको भ्रमणका क्रममा उहाँले आश्रमका सेवा कार्यप्रति प्रशंसा गर्दै आगामी दिनमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमका अभिभावक एवं सामाजिक अभियन्ता प्रकाश थारु, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापा, JCI बिरगञ्जका अध्यक्ष सरोज चौरसिया लगायतको उपस्थिती रहेको थियो।

यसअघि मन्त्री पदमा रहँदा माननीय रिजालले विभिन्न सहयोगी दाताको सहकार्यमा आश्रमका लागि एउटा पिकअप गाडी समेत उपलब्ध गराइदिनुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM