२०८२ चैत्र ७ गते शनिबार

उपकार सेवा नेपालद्वारा बुद्धनगर टोलमा खानेपानी पाइप सहयोग

 

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१५, नहर रोड बुद्धनगर टोलमा लामो समयदेखि पानीको स्रोत सुकेर खानेपानीको गम्भीर अभाव हुँदै आएको छ। स्थानीय टोलवासीको असहजतालाई मध्यनजर गर्दै उपकार सेवा नेपालले खानेपानी व्यवस्थापनका लागि सहयोग स्वरूप ४०० मिटर लम्बाइको २ इन्चे कालो पाइप उपलब्ध गराएको छ।

उपकार सेवा नेपाल वीरगञ्जकी अध्यक्ष विद्या कुमारी सरावगीले स्थानीयबासीलाई उक्त पाइप हस्तान्तरण गर्नुभयो। कार्यक्रममा संस्थाका सदस्य सुमन बगेडिया, समाजसेवी प्रकाश थारु, स्थानीय रुपलाल साह, अनवारुल हक, प्रमोद चौधरी, मुकेश कुश्वाहा लगायत भद्रभलादमीहरूको उपस्थिती रहेको थियो।

अध्यक्ष सरावगीले भनिन्, “समाजमा आपत विपत्तिको बेला उपकार सेवा नेपालले सधैं आवश्यकता अनुसार सहयोग गर्दै आएको छ, आगामी दिनमा पनि यो निरन्तरता रहनेछ।”

स्थानियवासीले उपकार सेवा नेपालको यस सहयोगले आफ्नो दैनिक जीवन सहज बनाउन ठूलो मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM