२०८२ चैत्र ७ गते शनिबार

वीरगञ्जमा अव्यवस्थित तार व्यवस्थापन अभियान सुरु

 

ओम शान्ति जाने बाटोमा ग्रीनसिटी सामुदायिक प्रहरी र महानगरको संयुक्त पहलमा तार काट्ने अभियान सुरु भएको छ।वीरगञ्ज महानगरपालिका वडा नं. ३ अन्तर्गत ओम शान्ति जाने बाटोमा लामो समयदेखि झुण्डिएका अव्यवस्थित तार काट्ने र व्यवस्थापन गर्ने अभियान सुरु गरिएको छ।

यो अभियान ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको नेतृत्वमा महानगरको संयुक्त टोलीसहित सुरु भएको हो।

अध्यक्ष खेतानले भने, “बिरगञ्जलाई सफा र सुन्दर बनाउन तथा पोलमा बारम्बार हुने आगलागी नियन्त्रण गर्ने उद्देश्यले यो काम सुरु गरिएको हो।”

सडक र पोलहरूमा अब्यवस्थित झुण्डिएका तारका कारण शहरको सौन्दर्यमा नकारात्मक असर परिरहेको र सर्वसाधारणलाई पनि जोखिम बढिरहेको स्थानीयवासीहरूले बताएका छन्।

महानगरका अनुसार, यस अभियानलाई क्रमशः अन्य वडाहरूमा पनि विस्तार गर्दै जाने योजना रहेको छ।यस कदमपछि वीरगञ्जवासीले सुरक्षित र आकर्षक सहरको अनुभूति गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM