२०८३ असार १८ गते बिहीबार

बिरगंज सिटी मार्केट द्वारा मानवसेवा आश्रममा योगदान

 

बिरगंज सिटी मार्केटका विभिन्न पसलहरूले मानवसेवा आश्रम बिरगंजमा आश्रित आमा–बुवाहरूका लागि हाफ पाइन्ट र टी–सर्ट सहयोग स्वरूप प्रदान गरेका छन्।

बिरगंज घण्टाघरस्थित आर्मी ब्यारेक नजिकै रहेको सिटी मार्केटका व्यापारीहरूले वृद्ध आमा–बुवाहरूप्रति माया, स्नेह र समाजसेवाको भावना स्वरूप उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

उक्त योगदानलाई सफल बनाउन संयोजनकारी भूमिका निर्वाह गर्ने समाजसेवी बिक्की सरार्फ लाई मानवसेवा आश्रम बिरगंजका संस्थापक सदस्य देवेश गुप्ता र प्रकाश थारू द्वारा विशेष धन्यवाद ज्ञापन गरिएको छ।

त्यस्तै, सहयोग अभियानमा निरन्तर साथ दिँदै आउनु भएका प्रती समेत विशेष आभार प्रकट गरिएको आश्रमले जनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM