२०८३ असार १८ गते बिहीबार

एमइएस सेकेन्डरी बोर्डिङ स्कुलमा विद्यार्थी सपथग्रहण तथा ब्याच वितरण कार्यक्रम सम्पन्न

 

वीरगञ्ज महानगरपालिका–३ मा अवस्थित एमइएस सेकेन्डरी बोर्डिङ स्कुलमा मंगलबार भव्यतापूर्वक विद्यार्थी सपथग्रहण तथा ब्याच वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले मैनबत्ती बालेर गर्नुभयो । प्रमुख अतिथिको रूपमा उपस्थित चौधरीले एमइएस स्कुल वीरगञ्जकै एक पुरानो र प्रतिष्ठित शैक्षिक संस्था भएको भन्दै विद्यालयको विशिष्ट पहिचान र विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्नुभयो । उहाँले नयाँ नेतृत्व सम्हाल्ने विद्यार्थीहरूलाई सपथ ग्रहण गराउँदै ब्याच वितरण समेत गर्नुभयो र अनुशासन, लगनशीलता र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न प्रेरणा दिनुभयो ।

यस अवसरमा प्याब्सन केन्द्रीय सदस्य छेडुप लामाले पनि विद्यार्थीहरूलाई अनुशासनको पालना गर्दै नेतृत्वकर्ताको भूमिकामा गम्भीर बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले सपथ ग्रहण गर्दै ब्याच ग्रहण गरेका थिए । साथै, कार्यक्रममा प्याब्सनका संस्थापक अध्यक्ष लालबाबु पटेल, मधेस प्रदेश सल्लाहकार मनि पाख्ररिङ, वडा नं. ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर ठकुरी तथा सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठाकुर लगायतको उपस्थिति थियो ।

विद्यालयका संस्थापक इमामुदिन अहमदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, नाटक तथा सामाजिक सन्देशमूलक प्रस्तुति प्रस्तुत गरेका थिए । विशेषगरी तराई क्षेत्रमा फैलिँदो दाइजो प्रथा विरुद्धको नाटकले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो ।
कार्यक्रमको सहजीकरण कक्षा १० का महम्मद जिसान र कक्षा ९ की आसिया खातुनले गरेका थिए ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM