“त्याग भनेको त्यस्तो हो, जसमा त्यागको कुरा समेत याद नरहोस् – त्यागको पनि त्याग होस्,” भन्ने विचार लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा सञ्चार प्रभारी एवं सामाजिक कार्यकर्ता लायन बिमल सर्राफले पत्रकारहरूसँग साझा गर्नुभयो।
उहाँका अनुसार उत्तम साधकबाट त्याग स्वाभाविक रूपमा हुन्छ, त्याग गर्नुपर्छ भन्ने सोचले गरिएको त्याग दीर्घकालीन हुँदैन। त्यसैले बिस्तारै साधना गर्दै त्यागको भावलाई स्वभावमा ढाल्न सक्नुपर्छ, तभी स्थायी त्याग सम्भव हुन्छ।
सर्राफले भन्नुभयो –
“मानवको वास्तविक पूँजी धन होइन, विचार हो। मनोस्थिति बदल्दा परिस्थिति बदलिन्छ।”
“जो काम उपायले सम्भव हुन्छ, त्यो पराक्रमले सम्भव हुँदैन। विचारको शक्ति अपार छ। विचार नै संसारलाई शासित गर्छन्, मानिसले होइन।”
“लोगहरूको बारेमा कम जिज्ञासु बन्नुस्, विचारहरूको सम्बन्धमा बढी सोच्नुस्। संसारमा सबैभन्दा घातक हतियार विचार हो।”
उहाँले अझ थप्दै भन्नुभयो –
“गल्ती खोज्ने होइन, उपाय खोज्ने हो। जबसम्म उपाय खोजिरहन्छौँ, समाधान भेटिन्छ।”
“जीवनमा असफल त्यही हुन्छ जो परिस्थितिबाट निराश भई हार मान्छ। तर, पटक–पटक प्रयास गर्नेहरू नै सफल हुन्छन्।”
“समस्या जीवनमा आउँछ–जान्छ, तर ठूलो लक्ष्य पाउन हो भने प्रयासमा कमी गर्नु हुँदैन।”
“अच्छा व्यक्ती अवश्य बन्नुहोस्, तर यसलाई प्रमाणित गर्न आफ्नो समय नष्ट नगर्नुहोस्।”
उहाँले जीवनका केही गहिरा दृष्टान्त प्रस्तुत गर्दै भन्नुभयो –
“यदि ऐनामा चरित्र देखिन्थ्यो भने, मानिसहरूले कहिल्यै ऐना हेर्ने थिएनन्।”
“जब संसार भन्छ कि अब केही सम्भव छैन, त्यही सही समय हो केही असम्भवलाई सम्भव बनाउन।”
“जब एक राम्रो व्यक्ति सम्बन्ध निभाउन छोड्छ, बुझ्नुपर्छ कि उसको स्वाभिमानलाई गहिरो चोट पुगेको छ।”
“जसरी अगरबत्तीले सुगन्ध फैलाउँछ, त्यसरी नै हामी मानवहरूले पनि आफ्नो वरपरको वातावरणलाई सुगन्धित बनाउन सक्छौँ।”
अन्त्यमा उहाँले भन्नुभयो
“जबसम्म हामी आफैँलाई व्यर्थ कुराबाट मुक्त गर्न सिक्दैनौँ, तबसम्म विजयको वास्तविक शिखरमा पुग्न सक्दैनौँ। चरित्र पवित्र राख्न सकियो भने, चाहे संसार स्क्रिनसटको होस् वा कल रेकर्डिङको, केही फरक पर्दैन। जीवन एउटा रंगमञ्च हो, प्रत्येक भूमिकाको आनन्द लिनुपर्छ।”









