आगामी दुर्गा पूजालाई भव्य र व्यवस्थित ढंगले मनाउने उद्देश्यले वीरगञ्ज महानगरपालिका–५, कुम्हालटोलमा २१ सदस्य दुर्गा पूजा समिति गठन गरिएको छ।
शनिबार वडा सदस्य मनोज साहको अध्यक्षतामा बसेको सर्वपक्षीय भेलाबाट ध्रुव पटेललाई दुर्गा पूजा समितिको अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो।
नवनिर्वाचित समितिको पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा सुशिल कुमार वर्णवाल, उपाध्यक्षमा अमन पटेल, सचिवमा राजु साह, सह–सचिवमा दिपेश मुखिया, कोषाध्यक्षमा सुबोध कुमार तथा सह–कोषाध्यक्षमा प्रदीप मुखिया चयन भएका छन्।
त्यस्तै, समितिको सल्लाहकारमा वडा नं. ५ का वडा अध्यक्ष प्रदीप कुमार चौरसिया, वडा सदस्य मनोज साह, रितेश प्रसाद वर्णवाल र लालबाबु पण्डित रहनेछन्।
समितिको सदस्यहरूमा आकाश पटेल, सोनू मुखिया, अर्जुन मुखिया, महेश पटेल, राजेश साह, दिपेन्द्र महतो, सुनिल महतो, आकाश साह र रमेश पटेल रहेका छन्।
समितिले यस वर्षको दुर्गा पूजामा सांस्कृतिक कार्यक्रम, आकर्षक झाँकी प्रदर्शन, भजन–कीर्तन, विसर्जन यात्रा लगायतका विविध कार्यक्रमहरू भव्य रूपमा आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ।
समितिका अध्यक्ष ध्रुव पटेलले दुर्गा पूजालाई सफल, भव्य र सर्वसमावेशी बनाउन सबै पक्षसँग सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्दै धार्मिक सद्भाव, एकता र सांस्कृतिक संरक्षण समितिको मूल उद्देश्य हुने बताएका छन्।
























