२०८२ चैत्र ७ गते शनिबार

श्री राणीसती मन्दिर आदर्शनगरमा भादि मावस महोत्सव धुमधामका साथ सम्पन्न

 

प्रत्येक वर्षझैँ यस वर्ष पनि वीरगञ्जस्थित श्री राणीसती मन्दिर आदर्शनगरमा भादि मावस महोत्सव–२०८२ भव्य रुपमा धुमधामका साथ सम्पन्न भएको छ। श्री मारवाडी सेवा ट्रस्ट, श्री राणीसती ज्योति मण्डल र श्री राणीसती महिला मण्डल वीरगञ्जको संयुक्त आयोजनामा सम्पन्न भएको थियोे।उक्त कार्यक्रम शुक्रबार र शनिबार भएको थियोे।

कार्यक्रमअनुसार भदौ ६ गते शुक्रबार बिहान ८:०० बजे ध्वजा तथा कलशसहितको शोभायात्रा प्रारम्भ भएको थियोे भने बिहान ९:०० बजेदेखि १३ घण्टे अखण्ड ज्योति प्रज्वलन गरी भजन–कीर्तन भएको थियोे भने दिउँसो २:०० बजेदेखि श्री राणीसती महिला मण्डलले विशेष भजन–कीर्तन प्रस्तुत गरिएको थियोे। बेलुकी ७:०० बजेदेखि भारतका सुप्रसिद्ध भजन गायक अभिषेक शर्माले भक्तिमय भजन प्रस्तुत गरेका थिए।

भदौ ७ गते शनिबार बिहान ६:०० बजेदेखि जात धोक पूजा–अर्चना सुरु भएको थियोे भने दिउँसो २:०० बजेदेखि अयोध्या धामका प्रसिद्ध पाठ वाचक जोडी श्री पप्पु सांवरिया र श्री स्मृति कक्कडद्वारा मंगल पाठ सञ्चालन भएको थियोे।

महोत्सवको विशेष आकर्षणमा अखण्ड ज्योति, मंगल पाठ, भजन–कीर्तन,छप्पन भोग, फलसवामणी चढाइएको थियोे। साथै दादीजीलाई अर्पणस्वरूप छप्पन भोग, फल सवामणी र बुन्दिया सवामणी समेत गरिएको थियोे

उक्त महोत्सवमा बिरगंजका मारवाडि सामुदायका महिला तथा पुरुषहरुको हजारौको संख्यामा भक्तजनहरुको सहभागीतामा महोत्सव धुमधामका साथ सम्पन्न भएको थियोे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM