२०८२ चैत्र ७ गते शनिबार

लायन्स क्लब बिरगंज परिवारको दोस्रो बोर्ड बैठक सम्पन्न

 

लायन्स क्लब बिरगंज परिवारको दोस्रो बोर्ड बैठक शनिबार सम्पन्न भएको छ।बैठकमा क्लबले आगामी दिनमा सामाजिक तथा सेवामुखी कार्यक्रमलाई अझ प्रभावकारी र व्यापक ढंगले अघि बढाउने निर्णय गरिएको छ। बैठकलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष लायन नरोत्तम पाण्डेले सबै सदस्यको सक्रिय सहभागितासहित समाजसेवामा क्लबले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा चार्टर अध्यक्ष लायन बासु तिमल्सिना, पूर्व अध्यक्षहरू लायन श्याम गुप्ता, लायन रिकेश साह, लायन सन्दीप गुप्ता, लायन रभी सरार्फ, लायन चन्द्रशेखर प्रसाद कुर्मी र लायन भानुभक्त अधिकारीलगायत पदाधिकारीको उपस्थिती रहेको थियो।

त्यसैगरी क्लबका प्रथम उपाध्यक्ष लायन दिगम्बर थापा, द्वितीय उपाध्यक्ष लायन सन्दीप साह, लायन शुदेश लाखेसहित सदस्यहरूको उपस्थिति रहेको बैठकको सञ्चालन क्लबका सचिव लायन सुधिर साहले गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM