वीरगन्ज युवा समाजले तिजको पुर्वसन्ध्यामा बाराको पथलैया स्थित ज्येष्ठ नागरिक सम्मान वृद्धाश्रम नेपालका आमाबुवाहरु संग तिज पर्व सभ्य एवं भव्य रुपले मनाएको छ ।
परिवर्तनको लागि वीरगन्ज युवा समाज को नारालाई मुलमन्त्र बनाइ देश समाजमा रहेको बिकृती ,कुरिती, कुप्रथा, कुसंस्कारहरुको विरोधमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि निर्मुल पार्न जनचेतना जगाउदै आएको वीरगन्ज युवा समाजले बुवाको मुख हेर्ने दिन र तिज पर्वको अवसर पारेर आइतबार बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया स्थित वृद्धाश्रमका ८ जना आश्रित बुवाआमाको दर खुवाएर सेवा गरि अनुहारमा मुस्कान थपेको हो ।
वीरगन्ज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका सदस्यहरु सुशील श्रेष्ठ ,लालबाबु सिंह ,निरज श्रेष्ठ,काजल कोईराला ,पुष्पराज कोइराला ,रोजि प्रधान , बिनोद धिमाल, मनोज गुप्ता,जगत गुप्ता,कमलेश सराफ,बिक्रान्त खनाल लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा अध्यक्ष थापाले परिवर्तनको लागि वीरगन्ज युवा समाज भन्ने मुलमन्त्रलाई आत्मसात गरि युवाहरुलाई सधै सकारात्मक सन्देश सहित देश समाजको सेवा सहयोग गर्न प्रेरित गर्दै आएको र हिजो बुवाको मुख हेर्ने दिन र आउने तिजको चारैतिर रमझमको बिच यहाँ आश्रित आमाबुवाको मन केही हलुको पार्न उहाहरुको अनुहारमा थोरै भएपनी मुस्कान ल्याउन हामिले प्रयास गरेका हौ र हामिले गरेको थोरै सेवा सहयोगले उहाहरु रमाएको , हासेको ,खुशी भएको देख्दा आफुहरु निकै खुशी र गर्बिलो भएका बताउदै दिन दुखी असहाय बिपन्नको सेवा सहयोग नै हामी मानवको सबैभन्दा ठूलो धर्म हो कर्म हो भन्दै ज्येष्ठ नागरिक हाम्रा देश समाजका गहनाहरु भएकोले सबैले आआफ्नो ठाउबाट सेवा सहयोग गरि मानवता बलियो बनाउन आग्रह गरेका थिए ।
सो अवसरमा सहभागीहरुले आश्रमका आमाबुवाहरु लाई खादा लगाइ सम्मान गर्दै दरको रुपमा फलफुल,मिठाइ,दहि,चिसो र एक छाक खाना खुवाउदै साडी ,सर्ट, टिसर्ट र केही नगद उपहार दिएको र यस्तो ससाना सेवा सहयोगले समाजमा रहेका असहाय ज्येष्ठ नागरिकहरु लाई खुशी प्रदान हुन्छ र यो हामिसबैले थोर बहुत गरे सामाजिक सद्भाव एकता सुदृढ भइ मानवता बलियो हुने बताएका थिए ।









