२०८२ चैत्र ७ गते शनिबार

नेपाल–भारत मैत्री बसबाट ६.४ किलो गाँजासहित दुई भारतीय पक्राउ

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले पर्साको वीरगञ्ज–१६ मा चेकजाँच गर्ने क्रममा दुई भारतीय नागरिकलाई ६ किलो ४ सय ग्राम गाँजासहित पक्राउ गरेको छ।

नेपालबाट भारततर्फ जाँदै गरेको बा.५ख १२३७ नम्बरको नेपाल–भारत मैत्री यात्रुवाहक बसमा चेकजाँच गर्दा भारत मुम्बई निवासी ४२ वर्षीय अनवर सलाउदिन खान र ४१ वर्षीय मोहम्मद इकबाल सय्यदलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

उनहरूको झोलामा लुकाइराखिएको गाँजा बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए। बरामद गाँजा सहित दुबैजनालाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM