२०८२ चैत्र ६ गते शुक्रबार

बारामा माओवादी वडाध्यक्ष बृजकिशोर कुशवाहा ६ महिनाका लागि पार्टीबाट निलम्बित

 

बारा नेकपा (माओवादी केन्द्र) ले प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गरेको छ।

कुशवाहाले एक शिक्षकलाई वडा कार्यालयमै बन्धक बनाएर निर्घात कुटपिट गरेको भिडियो फेला परेपछि पार्टीले अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको हो।

मुख्य बुँदा पीडित शिक्षक नागेश्वर यादवलाई मदिरा सेवनपछि नग्न बनाएर कुटपिट गरेको आरोप।माओवादीको प्रसौनी गाउँ समिति र बारा जिल्ला समिति दुवैले सदस्यता खारेज गर्न पत्राचार गरे पनि प्रदेश कमिटीले ६ महिनाको मात्र निलम्बन गरेको।माओवादी केन्द्रका मधेस इन्चार्ज मातृका यादवले निलम्बनको निर्णय गरेका।

पीडित यादवको जाहेरीका आधारमा प्रहरीले कुशवाहालाई भदौ २ गते पक्राउ गरी अमानवीय व्यवहारसम्बन्धी मुद्दा चलाएको।कुशवाहा यसअघि पनि चेक अनादर र कुटपिटलगायत विभिन्न मुद्दामा संलग्न रहँदै आएका थिए।हाल कुशवाहा बारा प्रहरीको हिरासतमा रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM