२०८२ चैत्र ६ गते शुक्रबार

शारदा कला केन्द्र, रक्सौलको आयोजनामा भदौ २१ र २२ गते दुई दिने नृत्य कार्यशाला

 

रक्सौल : शहरको बैंक रोडस्थित श्री सत्यनारायण मारवाडी पंचायती मन्दिर परिसरमा शारदा कला केन्द्र रक्सौलको तत्वावधानमा आगामी भदौ २१ र २२ गते (६ र ७ सेप्टेम्बर २०२५) दुई दिने नृत्य कार्यशाला आयोजना हुने भएको छ।

यस कार्यशालामा काठमाडौं (नेपाल) का चर्चित कोरियोग्राफर फंकी दाजु (Funky Daju) को संयोजन रहनेछ। कार्यक्रममा विशेषगरी लकिन्ग (Locking) तथा हिप–हप (Hip-Hop) नृत्य शैलीका आधारभूत स्टेप्स र प्रविधिहरू सिकाइनेछ।

शारदा कला केन्द्र रक्सौलकी सञ्चालिका शिखा रंजन का अनुसार, इच्छुक सहभागिहरूले मोबाइल नम्बर ९४३१७२६७३० वा ७६३००६३१५ मा सम्पर्क गरी रु. ३४९/- बुझाएर अग्रिम दर्ता गराउनुपर्नेछ। सीट संख्या सीमित भएकाले शीघ्र दर्ता गर्न उनले आग्रह गरेकी छन्।

उनका अनुसार, फंकी दाजु नेपालका ख्यातिप्राप्त कोरियोग्राफर हुन्। उनले लकिन्ग तथा हिप–हप नृत्य क्षेत्रमा उल्लेखनीय काम गरेका छन् र यस क्षेत्रमा लामो अनुभव पनि हासिल गरेका छन्। उनको मार्गदर्शनमा सहभागी विद्यार्थीहरूले आधुनिक नृत्यशैलीका ताल, भाव, मुद्राहरू सिक्न पाउनेछन्।

सञ्चालिका रंजनले भनिन्, “यस वर्कशपको उद्देश्य नयाँ पुस्तालाई आधुनिक नृत्यशैलीसँग जोड्ने, उनीहरूको प्रतिभा निखार्ने र भविष्यमा सफल नृत्य कलाकार बनाउन सहयोग गर्ने हो।”

उनले विशेषगरी युवाहरूलाई यस अवसरलाई गुमाउन नहुने भन्दै सहभागी हुन आह्वान गरेकी छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM