२०८२ चैत्र ६ गते शुक्रबार

नेसनल प्याब्सनले सामाजिक सुरक्षा कोषबारे धारणा पेस

 

माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरद सिंह भण्डारीसँग नेसनल प्याब्सनको उच्चस्तरीय टोलीले बिहिवार भेटवार्ता गरेको छ।

केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणा, निवर्तमान अध्यक्ष पाण्डव हमाल, पूर्व अध्यक्ष ऋतुराज सापकोटा, वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर अधिकारी, उपाध्यक्ष कुमार बहादुर भट्टराई तथा महासचिव प्रताप बहादुर थापाको उपस्थितिमा भएको भेटमा सामाजिक सुरक्षा कोषसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।

नेसनल प्याब्सनले सामाजिक सुरक्षा कोष शिक्षाक्षेत्रमैत्री बनाउनुपर्ने आधिकारिक धारणा सहित लिखित सुझाव मन्त्रीसमक्ष पेस गरेको छ।

भेटमा मन्त्री भण्डारीले रोजगारीको प्रकृति हेरी क्षेत्रअनुसार सहज बनाउने व्यवस्था मिलाइने र निजी विद्यालयहरूलाई हालको ३१ प्रतिशत योगदान दर घटाउनेतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सामाजिक सुरक्षा कोषको व्यवस्था शुल्कमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसलाई शिक्षा क्षेत्रको वास्तविकतासँग मेल खाने गरी आगामी शिक्षा विधेयकमा सकारात्मक संशोधन हुने जानकारी पनि उहाँले दिनुभयो।

त्यस्तै, कुनै पनि कम्पनीमा सञ्चालित विद्यालयलाई ‘गैर–नाफामूलक’ भन्न नसकिने र यो सरकारको राजस्व नीतिसँग सम्बन्धित भएकाले त्यसलाई समेत गहिराइपूर्वक लिइएको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM