२०८२ चैत्र ६ गते शुक्रबार

लायन्स क्लबद्वारा हैजा रोगथाम तथा जनचेतना कार्यक्रम सम्पन्न

 

 

लायन्स क्लब अफ बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब अफ बिरगंज परिवार तथा लायन्स क्लब अफ बिरगंज प्रभुको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिका–१५ नम्बर वार्डमा हैजा रोगथाम र सरसफाइ सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता सेन्ट्रल सिटीकी अध्यक्ष लायन सुशिला साहले गर्नुभएको थियो भने प्रमुख अतिथि वडा नं. १५ का अध्यक्ष रमेश यादव रहनुभएको थियो। कार्यक्रममा परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे र प्रभु क्लबका अध्यक्षको विशेष उपस्थितिसहित विभिन्न समाजसेवी तथा लायन्स सदस्यहरूको सहभागिता रहेको थियो।

अतिथिहरूमा अशोक बेरिवाल, लायन उमेश साह कानु, लायन उमेश शर्मा, लायन श्याम गुप्ता, लायन देवन्ती साह, लायन दिगम्बर गुप्ता र लायन कविता खड्का रहेका थिए।

जनचेतनामूलक कार्यक्रमको औपचारिक सत्रपछि टोली घर–घरमा पुगेर हैजा तथा झाडापखालाबाट बच्ने तरिका, स्वच्छ खानेपानीको प्रयोग, हात धुने सही तरिका, सरसफाइका उपायलगायतका विषयमा जानकारी गराइएको थियो। साथै, स्थानीय बासिन्दाहरूमाझ साबुन तथा पम्पलेट वितरणसमेत गरिएको थियो।

कार्यक्रम सञ्चालन लायन कविता खड्काले गर्नुभएको थियो।
लायन्स क्लबका पदाधिकारीहरूले हैजा रोग नियन्त्रणका लागि नियमित सरसफाइ, शुद्ध पानीको प्रयोग, खुला फोहर व्यवस्थापन नगर्ने, सुरक्षित खानपान गर्ने जस्ता बानीलाई दैनिक जीवनमा अंगिकार गर्नुपर्नेमा जोड दिएका थिए।

 

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM