आज एपीएफ वीरगंज शस्त्र प्रहरी केम्पमा भएको निशुल्क अकुपन्चर कार्यक्रम भोलि खुला रुपमा आम सर्वसाधारणका लागि पनि सञ्चालन हुने भएको छ।
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर–१०, वीरगंज पर्साको आयोजनामा र स्टार होलिस्टिक हिलिङको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम जिल्ला पर्सा, वीरगंज महानगरपालिका–१०, आदर्शनगरको प्राङ्गणमा हुने जनाइएको छ।
सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो कि, भोलि सोमबार, भदौ २३ गते बिहान ७ बजेबाट यस निशुल्क अकुपन्चर उपचार कार्यक्रम सुरु हुने छ। कार्यक्रममा इच्छुक सर्वसाधारणले आएर आवश्यक स्वास्थ्य उपचार प्राप्त गर्न सक्नेछन्।
कार्यक्रमको मुख्य उद्देश्य स्थानीय समुदायमा स्वास्थ्य सेवा पहुँच बढाउनुका साथै, मानिसहरूलाई प्राकृतिक उपचार विधिहरूबारे जानकारी दिनु रहेको छ।









