२०८२ चैत्र ६ गते शुक्रबार

वीरगंजमा निशुल्क अकुपन्चर उपचार कार्यक्रम सम्पन्न

 

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर–१०, वीरगंज पर्साको आयोजनामा तथा स्टार होलिस्टिक हिलिङ, काठमाडौंको सहकार्यमा एकदिने निशुल्क अकुपन्चर उपचार तथा मसाज थेरापी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर–१० को प्राङ्गणमा सम्पन्न भएको हो।

सो कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं रहेका थिए भने कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले गरेका थिए।

स्टार होलिस्टिक हिलिङ, काठमाडौंबाट आएका डा. आदित्य अग्रवाल केडिया, श्रीजा श्रेष्ठ, केम्स सिंह र मनिष गोयलको टोलीले वीरगंजका सर्वसाधारणलाई निःशुल्क उपचार प्रदान गरेका थिए।

कार्यक्रममा विभिन्न रोगका विरामीले अकुपन्चर र मसाज थेरापीमार्फत सेवा लिएका थिए। कार्यक्रममा जम्मा ११० जना लाभान्वित भएको अध्यक्ष खेतानले जानकारी दिए।

यस अवसरमा नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई, समाजसेवी, संचारकर्मी तथा स्थानीयवासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM