२०८२ चैत्र ६ गते शुक्रबार

रक्सौलमा ३० दिने ब्युटिसियन तालिमको समापन, ६५ युवतीलाई प्रमाणपत्र वितरण

 

सरोकार मञ्चद्वारा गत महिना अगस्ट ११ देखि सञ्चालन गरिएको ३० दिने ब्युटिसियन तालिम शिविरको समापन कार्यक्रम आयोजना गरियो। कार्यक्रमको उद्घाटन अखिल भारतीय मारवाडी महिला सम्मेलनकी अध्यक्ष सोनु काबाडा, प्रादेशिक बाल विकास प्रमुख वीणा गोयल, सरोकार मञ्चका अध्यक्ष सेवक सौरभनाथ र प्रशिक्षक सिमरन ब्यूटी पार्लरकी सञ्चालिका श्वेता श्रीवास्तवले संयुक्त रूपमा दियो बालेर गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सोनु काबाडाले यस्ता कार्यक्रमहरूले तालिम प्राप्त गरेका युवतीहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताइन्। तालिम लिने युवतीहरूले प्रशिक्षिकाले प्राविधिक (प्र्याक्टिकल) र सैद्धान्तिक (थ्योरी) दुवै माध्यमबाट राम्रोसँग सिकाएको र धेरै कुरा सिक्न पाएको बताए। युवतीहरूलाई आत्मनिर्भर बनाउन सरोकार मञ्चले यस्ता कार्यक्रमहरू आयोजना गर्नु प्रशंसनीय भएको उनीहरूले बताए।

अखिल भारतीय मारवाडी महिला सम्मेलनकी प्रादेशिक बाल प्रमुख वीणा गोयलले स्किल डेभलपमेन्ट अन्तर्गत निशुल्क ब्युटिसियन तालिम सञ्चालन गरेर सरोकार मञ्चले समाजसेवाको क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताइन्। यो तालिम विशेषगरी गरीब युवतीहरूको भविष्य र आत्मनिर्भरता निर्माणमा सहयोगी हुने उनको भनाइ थियो।

सरोकार मञ्चका अध्यक्ष सेवक सौरभनाथले संस्थाले स्वास्थ्य, शिक्षा र सीप विकासको क्षेत्रमा पाँच वर्षदेखि निरन्तर काम गर्दै आएको बताए। कोरोना कालमा विभिन्न स्थानहरूमा खोप शिविर र जागरूकता कार्यक्रम सञ्चालन गर्नका लागि अनुमण्डल प्रशासनबाट मञ्चलाई प्रशस्तिपत्रद्वारा सम्मानित गरिएको जानकारी दिए। यसअघि नि:शुल्क मेहंदी तालिम, विद्यालयका बालबालिकालाई किताब र पेन वितरणजस्ता गतिविधिहरू पनि सञ्चालन गरिँदै आएको उनले बताए।

यस ३० दिने ब्युटिसियन तालिम विशेषगरी आर्थिक अवस्था कमजोर भएका युवतीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रमपछि अतिथिहरूले ६५ जना तालिम प्राप्त युवतीहरूलाई प्रमाणपत्र वितरण गरे र प्रशिक्षिका श्वेता श्रीवास्तवलाई सम्मानपत्रद्वारा सम्मानित गरे। कार्यक्रममा संस्थाका सबै सदस्यहरू उपस्थित थिए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM