२०८२ चैत्र ६ गते शुक्रबार

बिरगञ्ज–रक्सौल सीमा सुरक्षा कडा

 

नेपाल–भारतको प्रमुख नाकामध्ये एक, बिरगञ्ज–रक्सौल सीमा नाकामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। विशेषगरी बिरगञ्ज–रक्सौल मितेरी पुल हुँदै हुने आवागमनलाई ध्यानमा राख्दै भारतीय सीमा सुरक्षा बल (SSB) ले उच्च सतर्कता अपनाएको छ।

सीमामा एसएसबीको विशेष डग स्क्वायड टोली परिचालन गरिएको छ जसमा प्रशिक्षित कुकुर केरो र कोको समेत तैनाथ छन्। यी कुकुरहरूले सीमामा हुने गैरकानुनी गतिविधि, लागुऔषध, हतियार वा विस्फोटक पदार्थको खोजी कार्यमा सक्रिय भूमिका खेल्ने बताइएको छ।

त्यस्तै, नाकामा इलेक्ट्रोनिक एक्स–रे स्क्यानिङ उपकरण समेत सञ्चालनमा ल्याइएको छ जसको प्रयोग गरी सवारीसाधन तथा सामान चेकजाँच गरिँदैछ। यसले सीमामा हुने तस्करी र अवैध सामान ओसारपसारमा नियन्त्रण गर्न सहयोग गर्ने एसएसबीले जनाएको छ।

नेपाल–भारतबीच व्यापार, पारवहन र जनआवागमनको मुख्य प्रवेशद्वार मानिने बिरगञ्ज–रक्सौल नाकामा पछिल्ला दिनमा कडाइ गरिएकोले सामान्य यात्रु तथा व्यापारीहरूले विस्तृत चेकजाँचपछि मात्रै ओहोरदोहोर गर्न पाउने व्यवस्था मिलाइएको छ।

यसरी थपिएको सुरक्षा सतर्कताले दुई देशबीच हुने अवैध गतिविधि नियन्त्रण हुने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM