बिरगंज महानगरपालिकाको कार्यालय भवनमा आगजनी भएपछि भएको लुटपाटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बिन्दवाशिनी–५, बडसौरा निवासी कन्हैया पटेलका २२ वर्षीय छोरा सुधीर पटेललाई नगर प्रहरी प्रमुख हरि भुसालको नेतृत्वमा गएको टोलीले चोरीका सामानसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।
बरामद भएका सामानहरू हाड डिक्स ९ थान,केवल टेस्टर १ थान,क्यामेरा ३ थान,ल्यापटपको केवल १ थान,कम्प्युटर केवल १ थान,डिजिकम उपकरण ९ थान,डेस्कटप मोनिटर ९ थान,CPU १ थान,CPU पावर केवल १ थान,माउस १ थान लगाएतका समानहरु बरामद भएको थियो।
प्रहरीका अनुसार आगजनीपछि अराजक अवस्थाको लाभ उठाउँदै केही व्यक्तिहरूले कार्यालयभित्र रहेका सामान लुटपाट गरेका थिए। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।









